• १५ चैत्र २०८०, बिहीबार
संवैधानिक परिषद सम्बन्धि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत

संसद्को विशेष अधिवेशनसम्बन्धी निवेदन फिर्ता लिने निर्णय



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत हुनुभएको छ ।

अध्यादेश र्फिता लिएसंगै (नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्ष ओली पनि सहभागी हुनुभएको हो । सरकारले मंगलबार मात्र अध्यक्षसहित तीन जनाकै उपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।

उक्त विधयकप्रति नेकपा अध्यक्ष प्रचण्डसहित सचिवालयको बहुमत सदस्यले विरोध गर्दै उक्त अध्यादेश फिर्ता लिन माग गरेका थिए । बुधबार स्थायी कमिटीमा छलफल गरेर अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिने नेताहरुको तयारी थियो । तर प्रधानमन्त्री ओलीले बैठकमा आउन अस्वीकार गर्नुभएको थियो ।
स्थायी कमिटी सदस्यत्रय सुवास नेम्वाङ, शंकर पोखरेल, घनश्याम भुसालको पहलमा भएको अध्यक्षद्वयको वार्तामा केही समयपछि महासचिव विष्णु पौडेल समेत सहभागी हुनुभएको थियो ।

छलफलपछी प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत हुनुभएको थियो । भने विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका सासंदहरुलाई अध्यक्ष प्रचण्डले टेलिफोन गरेर फिर्ता बोलाउन प्रधनमन्त्री ओलीले आग्रह गर्नुभएको थियो ।

Nabintech