अभिनेत्री स्वेता खड्का विवाह बन्धनमा बाँधिदै,यस्तो देखियो स्वेताको मेहेन्दी सेरेमोनी


काठमाडौं । अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिदै छिन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग उनले सोमबार लगनगाँठो कस्न लागेकी हुन् ।

काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम आयोजना गरिएको छ । कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच उनको र विजयन्द्रको विवाह समारोह आयोजना गरिएको छ । विवाहमा दुबै तर्फका नजिकका सिमित व्यक्तिको मात्र उपस्थिती रहने बताइएको छ ।

विवाहको अघिल्लो दिन अर्थात् आइतबार श्वेताले सामाजिक संजालमा एक लामो भावुक स्टाटस समेत पोष्ट गरेकी थिइन् । जसमा विवाह गर्ने निणर्य गर्नुको पछाडिका कारणको विषयमा उल्लख गरिएको थियो ।

यसअघि स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते उनले विवाह गरेकी थिइन् । विवाह भएको एक महिनापछि श्रीकृष्णको निधन भएको थियो । श्रीकृष्णको निधनपछि उनी एक्लो जीवन अगाडि बढाउँदै आएकी छिन् ।

यस्तो देखियो स्वेताको मेहेन्दी सेरेमोनी

Nabintech