• १४ बैशाख २०८१, शुक्रबार
‘महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुँँ,प्रधानमन्त्री पनि छोड्दिनँ’ :ओली


काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले पद नछाड्ने दोहोर्‍याउनुभएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा उहाँले कसैले आग्रह गर्दैमा आफूले पद त्याग नगर्ने धारणा राख्नुभयो ।
‘महाधिवेशनसम्म अध्यक्ष छोड्दिनँ, आगामी चुनावसम्म प्रधानमन्त्री पनि छोड्दिनँ’, सचिवालयमा बैठकमा ओलीको प्रष्टोक्ति उद्धृत गर्दै अर्का एक सचिवालय सदस्यले भने, ‘त्यस्तो आशा गर्नुभएको छ भने छाडिदिनुस्।’

ओलीले आफ्नो स्वीकृति बिना नै बोलाइने गरेको बैठकप्रति असहमति व्यक्त गर्नुभयो । उहाँले आफूलाई हटाउने तयारी गरिएको प्रति संकेत गर्दै बल प्रयोग नगर्न पनि सचेत गराउनुभयो ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार दिउँसो बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आइतबार दिउँसो स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

Nabintech