• १४ बैशाख २०८१, शुक्रबार
सरकारले वरिष्ठ नेता पौडेललाई फक्राउ गरेर निषेधको राजनीति सुरु गर्यो:नेविसंघ


काठमाडौं । नेपाल विद्यार्थी संघले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले प्रकाउ गरेको विरोधमा माइतिघर मण्डलामा प्रदर्शन गरेको छ ।
पुल उद्द्धाटनका लागि तनहुँ पुग्नुभएका नेता पौडेललाइ निषेधाआज्ञा तोडेको आरोपमा प्रकाउ गरेको थियो ।

नेविसंघ अध्यक्ष राजीव ढुँगानाको नेतृत्वमा भएको विरोधसभामा बोल्दै संघका अध्यक्ष ढुँगानाले तनहुँ घटनाले कम्युनिष्ट कहिल्यै लोकतान्त्रिक हुँदैनन् भन्ने पुष्टि भएको बताउनुभयो । लोकतन्त्रलाई केपी ओली नेतृत्वको सरकारले कमजोर बनाउन खोजे नेविसंघले नछाड्ने पनि उनले चेतावनी दिनुभयो । सरकारले पौडेललाई फक्राउ गरेर निषेधको राजनीति गरेको पनि बताउनुभयो ।

त्यस्तै, महामन्त्री युवराज पाण्डेलेबलदेव तिमिल्सीनाले पौडेललाई पक्राउ गरेर सरकारले अधिनायकवादी चरित्र देखाएको बताउनुभयो । उहाँले पौडेल पक्राउमा संलग्न र निर्देशन दिने प्रहरीलाई कारवाहीको माग गर्नुभयो ।

महामन्त्री उर्मिला थपलियाले राजाको विरुद्धका लडेको नेविसंघले कम्युनिष्ट सरकारविरुद्ध पनि लड्ने भन्दै त्यसका लागि तयार रहन गर्नुभएको छ ।
कांग्रेसले पौडेलको गिरफ्तारीलाई सरकारको अधिनायकवादी चरित्रको प्रदर्शन भनेको छ । केही घन्टा नियन्त्रणमा लिएर साँझै पौडेललाई प्रहरीले रिहा गरेको छ । गिरफ्तारीको विरोधमा दमौली, बाग्लुड र पोखरामा पनि विरोध प्रदर्शन भएको छ ।

Nabintech