• १४ बैशाख २०८१, शुक्रबार
३ सय ९ स्थानीय तह र तीनवटा प्रदेशमा अस्पताल भवनका लागि शिलान्यास


काठमाडौं । सरकारको स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आज ३०९ स्थानीय तहमा अस्पताल भवन र तीनवटा प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेको छ ।
स्वास्थ्य तथा जनसड्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ स्थानीय तहमध्ये ३ सय ९ वटा र तीन वटा प्रदेशमा सरुवा अस्पताल निर्माणका लागि भवनको शिलान्यास गरेको हो ।
स्थानीय तहमा बन्ने अस्पतालको भवन पाँचदेखि १५ श्ययाका र सरुवा अस्पताल ५० श्ययाका रहेका छन् । प्रदेश नं २, वाग्मती र कर्णाली प्रदेशमा सरुवा रोग अस्पताल निर्माणका लागि भवन शिलान्यास गरिएको छ ।

अहिले सङ्घमा एक मात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँमा रहेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ३ सय ९ स्थानीय तहमा आधारभूत अस्पताल, तीन वटा सरुवा रोग अस्पताल र एक वटा अस्पतालको आकस्मिक विभागको भवनको शिलान्यास गरिएको जानकारी दिनुभयो ।

Nabintech