प्रचण्डलाई ओलीको जवाफ,’व्यक्तिगत कूण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको संगालो'(पूर्णपाठ)


काठमाडौँ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा लिखित प्रस्ताव पेस गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्तावलाई कुण्ठा र कृत्रिम आरोप संगालोको संज्ञा दिनुभएको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएको गत कार्तिक २८ मा लगाएको १९ पृष्ठ लामो अभियोगपत्रको जवाफ ३८ पृष्ठमा ५३ बुँदे प्रतिवेदन नै पेस गर्नुभ्एको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टी सचिवालय बैठकमा लिखित प्रस्ताव पेस गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्तावलाई कुण्ठा र कृत्रिम आरोप संगालोको संज्ञा दिनुभएको छ । दाहालले आफूमाथि लगाएको आरोप प्रथम दृष्टीमै खारेजयोग्य रहेको उल्लेख गर्नुभएको छ ।

ओलीले पेस गरेको लिखित जवाफमा दाहालले वितरण गरेको प्रस्तावुको प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको उल्लेख गरिएको छ ।
त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले खासै महत्व नदिँदा पनि हुने थियो ।

तर त्यसमा उठाइएका सङ्गीन र भ्रमोत्पादक प्रश्नहरुलाई अनुत्तरित राखी छाड्नु पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनताकै अहितमा हुने भएकाले केन्द्रीय सचिवालय बैठकमा यस सम्बन्धमा आफ्ना विचारहरु प्रस्तुत गरेको छु,ु ओलीको जवाफमा भनिएको छ ।

हेर्नुस् प्रस्तावको पूर्णपाठ :

Nabintech