• १३ बैशाख २०८१, बिहीबार
प्रचण्ड समूहलाई तर्साउन प्रधानमन्त्री ओलीले किन पटक पटक कांग्रेस सभापती देउवासंग भेट गर्छन् ?


काठमाडौं । सत्तारुढ दल नेकपाको विवाद उत्र्कषमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग भेटघाट गर्नुभएको छ ।
शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको गोप्य भेटघाटमा प्रधानमन्त्री ओलीले कांग्रेस सभापती देउवालाई सत्ता साझेदारका लागि आग्रह गरेको प्रसंग बाहिर आएको छ । नियुक्तिका विषयमा कुराकानी गर्न भनेर बोलाए पनि प्रधानमन्त्री र देउवाबीच सत्ता सहयात्राका विषयमा पनि कुराकानी भएको स्रोतहरु बताउँछन् ।

त्यति मात्र होइन सत्ता सहयात्राका लागि के के चाहिने हो त्यो दिन आफू तयार रहेकाले सहयोग गर्न पनि ओलीले देउवालाई आग्रह गरेको स्रोतले बतायो ।

यता प्रधानमन्त्रीको सचिवालय स्रोतले संवैधानिक नियुक्तिका विषयमा प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग प्रधानमन्त्रीले भेटेको र समसामयीक राजनीतिका विषयमा अनौपचारिक कुराकानी भएको जनाएको छ ।

ओलीले देउवासँग संवैधनिक नियुक्तिका विषयमा यसअघि पनि पटक पटक भेटेका छन् । तर, दुई नेताबीच भागवण्डामा कुरा मिल्न सकेको छैन ।

नेकपामा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले गठजोड बनाएका बेला ओलीले देउवासँग सत्ता सहयात्राका लागि सहयोग माग्नुले नेकपामा गम्भीर संकटमा रहेको देखिएको छ ।

Nabintech