• १३ बैशाख २०८१, बिहीबार
स्वास्थ्य सावधानी अपनाई सुरक्षित रुपले छठ मनाउन ब्रतालुहरुलाई सांसद यादवको आग्रह


वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र न १ का सांसद प्रदिप यादवले छठका ब्रतालुहरुलाई साडी वितरण गर्नुभएको छ ।

छठ पर्वको अवसरमा सांसद यादवले आफ्नो निर्वाचन क्षेत्र न १ बिरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा छठ ब्रतालुहरुलाई साडी वितरण गर्नुभएको हो ।

हरेक वर्ष झै यस वर्ष पनि गरिब असहाय छठ व्रतालुहरु लाई साड़ी वितरण गरिएको सांसद यादवले बताउनुयो ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका सांसद यादवले छठ पर्वले देशमा शान्ति एवम समृद्धिको बाटोमा अग्रसर होस भन्ने शुभकामना दिनुभएको छ ।

छठ पर्वमा वर्त बस्नाले रोगव्याधी नास हुने विश्वास रहिआएको धार्मिक विश्वास छ । यस वर्ष पनि छठि माताले कोरोना भाईरस जस्तो विश्वभरी फैलिएको महामारेि अन्तय गर्नु हुने विश्वास व्यक्त गर्नुभएको छ ।

सांसद यादवले आवस्यकता अनुसार साडी बितरण भएको भन्दै ब्रतालुहरुलाई सुधता र आस्था का साथसाथ यस महामारीको बेला सतर्कता अपनाई सकभर भौतिक दुरी कायम राखी पूर्ण रुपले मस्क प्रयोग गरि सुरक्षित रुपले पर्व मनाउन अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा जनता समाजवादी पार्टीका नेता सुन्दर कुर्मी, जिल्ला सदस्य लालदेव यादव,वार्ड न १६ का अध्यक्ष श्यामबाबु चौरसिया, युवा नेता राजुदीन बाबु , शेख मुस्तुफा,प्रसन साह,आनन्द गुप्ता लगायतको सहभागिता रहेको थियो ।

बिरगंज महानगरपालिका को वार्ड न ५,८,११,१३,१५,१६,१८,२१,२२ लगायतका वडामा व्रर्तालुहरुलाई १२०० साडी बितरण गरिएको स्वकीय सचिव निखिल बर्नावल जानकारी दिनुभयो ।

Nabintech