• १४ बैशाख २०८१, शुक्रबार
काँग्रेस सांसद मीन विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले विश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय गरेको गरीएको जानकारी दिनुभयो ।
कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका विश्वकर्माको उपचारमा सहयोग गर्न काँग्रेसले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण पनि गराएको थियो ।

कोरोना संक्रमण पुष्टि भइसकेपछि विश्वकर्मा केही दिन होम आइसोलेसनमा बस्नुभएको थियो । भने स्वास्थ्यमा समस्या थपिँदै गएपछि वीर अस्पताल भर्ना भएका उनलाई पछि ग्राण्डी अस्पताल भर्ना गरिएको थियो।

कोरोना भाइरसबाट संक्रमित सांसद विश्वकर्माको ग्रान्डी अस्पतालमा ६ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

 

Nabintech