• १४ बैशाख २०८१, शुक्रबार
प्रचण्डले म विरुद्ध ठूलै षड्यन्त्र गरे,अब प्रचण्डसँग सँगै हिँड्न सक्दिन्:प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको राजनैतिक दस्तावेज नभइ आफूविरुद्धको षड्यन्त्र भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटमा अर्का कार्यकारी अध्यक्ष प्रचण्डको राजनैतिक प्रतिवेदनलाई मनगडन्त वाहियात आरोपको जवाफ दिन आवश्यक नभएको बताउनुभयो ।

वरिष्ठ नेता नेपाल र महासचिव पौडेलसँग भएको दुईघण्टा लामो कुराकानीमा प्रधानमन्त्री ओलीले अब प्रचण्डसँग सँगै हिँड्न नसकिने बताउँदै आफूलाई सहयोग गर्न नेपालसँग आग्रह गर्नुभएको थियो । “प्रधानमन्त्रीमा पुरानै अडानमा हुनुहुन्छ । सरकार सञ्चालमा पार्टीका नेताबाट असहयोग गरिएको घेराबन्दी गरिएको गुनासो मात्रै छ ।”

ओलीले आजै उपाध्यक्ष वामदेव गौतमसँग पनि छलफल गर्नुभएको थियो । ओलीले शनिबार मात्रै शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि पछिल्लो राजनीतिक परिस्थिति एवं पार्टीमा उत्पन्न समस्याबारे छलफल गरेका थिए ।

Nabintech