मन्त्रिपरिषद फेरि पुनर्गठन: ३ नयाँ मन्त्री थपिए,अर्थ मन्त्रालय विष्णु पौडेललाई (सूचीसहित)

ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ ।

भने केही मन्त्री थप गर्नुभएको छ भने केही सदस्यको जिम्मेवारी हेरफेर गर्नुभएको छ । उहाँले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिनुभएको छ ।

रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राख्नुभएको छ। त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । यसअघि महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ ।

Nabintech