• १५ चैत्र २०८०, बिहीबार
कर्णालीका मुख्यमन्त्री शाहीको पद तत्काललाई जोगियो,मन्त्री नपाउदा नेपाल समूहले गरे अविश्वासको प्रस्तावमा हस्ताक्षर


काठमाडौं । आफ्नै पार्टी नेकपाले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री महेन्द बहादुर शाहीको पद पार्टी केन्द्रको दबाव र प्रदेश नेताहरुबीच भएको भागवण्डाका कारण तत्काललाई जोगिएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ठ पार्टी नेकपाका वरिष्ठ नेता माधव नेपाल पक्षधर समूहलाई मन्त्री नदिदा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही अल्पमतमा पर्दै अविश्वसको प्रस्ताव खेप्नुपरेको थियो ।

मुख्यमन्त्री शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । माधव नेपाल पक्षका तीन जनालाई मन्त्री र एक जनालाई सचेतक बनाउने सहमति भएसँगै अविश्वासको प्रस्तावको पक्षमा रहेका सात जना सांसद पछि हटेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको छ ।

अविश्वासको प्रस्तावमा भने तीनजना पूर्वमाओवादीका सांसदले समेत हस्ताक्षर गरेका थिए । यसले मुख्यमन्त्री आफ्नै कारण असन्तुष्टि बढ्दै गएको अनुमान गर्न गाह्रो पर्दैन ।

कर्णाली नेकपामा मुख्यमन्त्री शाहीसँग पूर्वमाओवादी समूहका १३ सासंद, केपी ओली समूहका यामलाल कँडेलसँग १२ सासंसद र माधव नेपाल समूहका प्रकाश ज्वालासँग ८ सांसद रहेका थिए ।

केपी ओली समूहबाट मुख्यमन्त्रीको प्रमुख दावेदार यँमलाल कँडेल  हुनुहुन्थ्यो । तर भागभण्डाका कारण मुख्यमन्त्री कर्णाली प्रदेश पूर्वमाओवादीको भागमा पर्यो । पूर्व माओवादी कोटाबाट शाही कर्णाली प्रदेशका मुख्यमन्त्री निर्वाचित भए पनि केपी ओली समूहका यामलाल कँडेलले असन्तुष्टि राख्न थाल्नुभएको थियो ।

४० सांसद रहेको कर्णाली प्रदेशमा तत्कालीन एमालेले २० र माओवादीले १३ सिट जितेको थियो । यही संसद समीकरण देखाएर कँडेलले शाहीलाई आलोपालो मुख्यमन्त्रीको प्रस्ताव समेत राख्नुभएको थियो । तर, पार्टी केन्द्रको सहमति भन्दै शाहीले कँडेलको प्रस्ताव अस्वीकार गर्नुभएको थियो ।

नेकपाका प्रदेश सह–इन्चार्ज रहनुभएका कँडेलले यसपछि लगातार मुख्यमन्त्री शाहीलाई असहयोग गर्दै आउनुभएको थियो । तर, मुख्यमन्त्री शाहीलाई नेपाल पक्षले भने साथ दिँदै आइरहेको थियो ।
गत वर्ष माधव नेपाल समूहका भौतिक पूर्वाधार मन्त्री खड्ग खत्री बैंकिङ कुसर सम्बन्धी मुद्दाका कारण मुख्यमन्त्री शाहीले बर्खास्त गर्नुभयो । त्यसपछि मुख्यमन्त्री शाहीसँग नेपाल समूह असन्तुष्ट बन्यो । रिक्त मन्त्रालयमा चन्द्र शाहीलाई मन्त्री बनाउन मुख्यमन्त्री शाहीलाई नेपाल समूहले एक वर्षदेखि आग्रह गर्दै आएको थियो । तर, मुख्यमन्त्री शाहीले उक्त मन्त्रालय आफैं राखेर नयाँ मन्त्री नियुक्त गर्नुभएन् ।

नेपाल पक्षका नेताहरुले चन्द्र शाहीलाई मन्त्री बनाउँदा मन्त्रिपरिषदमा समेत सन्तुलन कायम हुने तर्क गर्दै आएका थिए । कर्णाली प्रदेशमा नेता नेपाल पक्षबाट प्रकाश ज्वाला मात्रै मन्त्री हुनुहुन्छ । कर्णली प्रदेशमा मुख्यमन्त्री शाहीका दुई र केपी समूहका यमलाल कँडेलको सिफारिसमा दुई मन्त्री छन् ।

६ वटा प्रदेशमा प्रष्ट बहुमतसहित सरकार बनाएको नेकपाले पार्टी एकीकरण अगाडि मुख्यमन्त्री भागबण्डा गरेको थियो । त्यसअनुसार, प्रदेश १, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा पूर्व एमाले कोटाका मुख्यमन्त्री छन् भने कर्णाली र सुदूरपश्चिममा पूर्वमाओवादी कोटाका मुख्यमन्त्री छन् ।

Nabintech