• ७ बैशाख २०८१, शुक्रबार
आकस्मिक बाहेकका अन्य अप्रेशन नगर्न अस्पताललाई सरकारको निर्देशन


काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेसन नगर्न निर्देशन दिएको छ ।

लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो निर्णय गरेको हो । सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, ‘आकस्मिक बाहेकका नियमित अप्रेशनहरु हाललाई नगर्न र संक्रमणको अवस्था नियन्त्रण भएपछि मात्रै गर्न उपत्यकाका सबै अस्पतालहरुलाई निर्देशन दिइएको छ।’

यसले कोरोनाका बिरामीहरुलाई केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो ।

Nabintech