सरकारले भन्यो,’नागरिक संवेदनशिल नभए पुनः लकडाउन गर्न सरकार बाध्य हुन्छ’


काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि नागरिक सचेत नभए सरकारले पुनः लकडाउनगर्न सक्ने बताएको छ ।

सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने सरकारका सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलेले बताउनुभयो ।

नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । प्रवक्ता ज्ञवालीले भन्नुभयो,’अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकता होइन। तर नागरिक संवेदनशिल नभए लकडाउन गर्न सरकार बाध्य हुन्छ’

चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उहाँको भनाई छ। लक डाउन गर्नेरनगर्ने कुरा सरकारी आग्रह र अपिलहरु नागरिकले कति पालना गरिरहेका छन् भन्ने कुरामा भर पर्ने उहाँको भनाइ छ।

काठमाडौं उपत्यकामा ६० प्रतिशतभन्दा बढी संक्रमित देखा पर्न थालेको भन्दै उनले उपत्यकामा बसोबास गर्दै आएकाहरू बढी सचेत हुनुपर्ने बताउनुभयाे ।

दसैँँ, तिहार र छठजस्ता चाडपर्वहरुमा भिडभाड हुने र संक्रमण झन बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन  आग्रह गनुर्भयाे ।

 

Nabintech