श्वासप्रश्वासमा समस्या भएपछि नेकपा सचेतक शान्ता चौधरी आईसीयूमा राखियो


काठमाडौं । कोरोना भाइरसको संक्रमण भएकी सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरीलाई आईसीयूमा भर्ना गरीएको छ ।

चौधरीलाई शुक्रबार राति आईसीयूमा भर्ना गरीएको हो । वीर अस्पतालमा उपचाररत चौधरीलाई श्वासप्रश्वासमा समस्या भएपछि आईसीयूमा सारिएको उहाँको सचिवालयले जनाएको छ । श्वासप्रश्वासमा कठिनाइ भएको उहाँले केही दिनअघि नै सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको थियो ।

‘स्वास प्रश्वासमा अलि कठिनाई भइरहेको र फोनमा बोल्दा सास फेर्न थप कष्ट हुने र अक्सिजनको मात्रासमेत कम भएको महसूस हुन्छ,’ उहाँले अस्पतालबाटै तीन दिन अघि लेखेको फेसबुक स्ट्याटसमा उल्लेख छ । पाँच दिनअघि उनलाई लक्षण सहितको संक्रमण पुष्टि भएको थियो।

Nabintech