• १३ बैशाख २०८१, बिहीबार
जिल्ला प्रहरी कार्यालय कैलालीलाई आर्दश नव युवा क्लवद्दारा स्वास्थ्य साम्रगी हस्तान्तरण


काठमाडौं । आर्दश नव युवा क्लव हसनपुरले जिल्ला प्रहरी कार्यालय कैलालीलाई स्वास्थ्य साम्रगी हस्तान्तरण गरेको छ।

कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको बढ्नो जोखिममा सेवा गरीरहेका प्रहरीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको क्लवका अध्यक्ष निराजन खड्काले बताउनुभयो ।

शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीमा पुगी ५ सय पिस मास्क,५० पिस सेनिटाइजर कैलालीका प्रहरी प्रमुख अनुपम समशेर जवरा राणालाई हस्तान्तरण गरीएको क्लवका अध्यक्ष खड्कालले जानकारी दिनुभयो ।

सरकारले कोरोना महामारीका विच लकडाउन खोले पनि संक्रमणको जोखिम उत्तिकै रहेकोले महामारीका विच नागरिकको सेवामा खटिएका प्रहरीको हौसलाका लागि उक्त सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष खड्काको भनाइ छ ।

महामारीविरुद्ध लडिरहेका प्रहरीलाई क्लवको सहयोगले काममा लागिरहन प्रेरणा मिल्ने कैलाली प्रहरी प्रमुख राणाले बताउनुभयो । राणाले भन्नुभयो, ‘सिमित स्रोत र साधनका विच नागरिकको सेवामा खटिएका प्रहरीलाई स्वास्थ्य साम्रागी अभाव हुदै आइरहेको छ । क्लवको उक्त सहयोगले प्रहरीलाई स्वास्थ्य सामग्रीको अभाव हुने छैन्’ ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि क्लवले स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै,क्वारेन्टिको व्यवस्था गर्ने, सिमा नाकामा अलपत्र नागरिकलाई निशुल्क खाना वितरण गर्ने जस्ता क्रियाकलाप गर्दै आइरहेको छ ।

Nabintech