काठमाडौं । पछिल्लो समय हत्या, हिंसा, बलात्कार जस्ता अघन्य अपराधका घटनाहरु दिनानुदिन बढदै गइरहेका छन। कोरोनाको कहर र लकडाउनको बिचमा पनि यौन हिंसा, बलत्कारका घटनाहरु बढेर गएको देखिन्छ।
भखरै मात्र बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीय बालिका सम्झना कामीको बलत्कार पछि हत्या भयो । बलात्कार सामाजिक समस्या हो । एउटा गम्भीर तथा जघन्य अपराध हो । राजनीतिक मुद्दाको बिषय होइन । अपराधीलाई सजायको ब्यबस्था कानुनले स्पष्टसँग गरेको छ । मुत्यु दण्ड बा कडा कानुनले मात्र यस्तो अपराध कम हुन्छ भन्न सकिँदैन । नेपालको संविधान र नेपालले अन्तर्राष्ट्रिय जगतमा नेपालले गरेका संधि सम्झौताका आधारमा पनि मुत्यु दण्डको कानुन बनाउन सकिदैन । यसको लागि शिक्षा , चेतनाको बिकास नै उतम उपाय हो ।
बलात्कारीको यौन अंग छेदन गर्नु पर्ने , मुत्यु दण्ड दिनु पर्ने भन्ने जस्ता आवाजहरु जनस्तर तथा सांसदहरुबाट समेत आउन थालेका छन । तर बलात्कारका घटनामा यस्ता केहि मनोबैज्ञानिक कारणहरुले प्रभाव पारिरहेको हुन्छ । जसको निराकरण बिना यस्ता घटनामा कमि आउदैनन।
बलात्कारका घटनाहरु किन हुन्छन ?
यसका पछाडीको मनोबैज्ञानिक कारणहरु के के हुन सक्छन हेर्नुहोस यस्ता छन कारण :
- असामाजिक ब्यक्तित्ब: जसलाई साईकोपाथ भनेर पनि भनिन्छ । ब्यक्तित्बसगँ सम्बन्धित यस्तो मानसिक समस्या भएका ब्यक्तिले आफ्नो घरपरिबार र समाजमा जो सुकैलाई पनि दुख दिने , सानो सानो कुरामा पनि ठूलो बदला लिन खोज्ने, हत्या, बलात्कार गर्न समेत पछि नपर्ने जस्ता कानुनले बर्जित गरेका जघन्य अपराध गर्न सक्छन ।
- यौनको लत: यौनको लत लागेका ब्यक्तिहरु यौन प्रति अति नै आशक्त हुन्छन । उनीहरुमा कहिल्यै यौनको प्यास मेटिदैन । यस्तो खालको यौन समस्या भएका ब्यक्तिहरुले यौनको तिर्खा मेटन आफन्त, बालबालिका केही पनि नभन्न सक्छन । बलात्कार गर्न समेत पछि पर्दैनन् ।
- अप्राकृतिक यौन व्यवहार: जो व्यक्तिले यौनलाई सम्भोगको रुपमा भन्दा स्खलनको माध्यम बनाउछ , उनीहरुले अरुको भावना बुझ्न सक्दैनन र स्वभाबिक यौन व्यवहार गर्न पनि जान्दैनन् । यस्ता ब्यक्तिले बलत्कार गर्न सक्ने सम्भावना हुन्छ ।
- नैतिक पतन स् नैतिक रुपमा पतन भएका ब्यक्तिले पशु भन्दा तल्लो स्तरको ब्यबहार गर्न सक्छन । यस्ता नैतिक रुपमा पतन भएका ब्यक्तिहरुबाट आफन्त पनि बलात्कारको सिकार हुन सक्छन ।
- यौन कुण्ठा: अबिबाहित, श्रीमतिबाट यौन सन्तुष्टि प्राप्त गर्न नसकेको, यौन कुण्ठाले भरिएको ब्यक्तिले पनि बलात्कार गर्न सक्छ ।
- लागू प्रदार्थको सेबन : हाम्रो समाजमा धेरै जसो बलात्कारका घटनाहरु लागू प्रदार्थको सेवनका कारणले हुने गरेको देखिन्छ । जाँड रक्सी तथा लागू प्रदार्थ सेबन गरेका बेला ब्यक्तिले बिबेक र चेतना गुमाउन सक्छ र बलात्कारका घटना घटन सक्छन् ।
- पोनोग्राफी र साईबर सेक्सको लत: पोनो ग्राफीमा बाबुले छोरीसँग यौन सम्पर्क , दाजुले बहिनिसँग शारिरिक सम्बन्ध, भन्नेजस्ता टाईटलमा अस्लित भिडियो धेरै भेटिन्छन। यस्ता कुरा धेरै हेर्न तथा यी कुराको लत भएको व्यक्ति नैतिक रुपमा पतन हुने सम्भावना हुन्छ । यस्ता कुराहरुबाट यौन शिक्षा बटुलेका किशोर किशोरीमा यौन बिचलन समेत आउन सक्छ ।
- मानसिक रोग: मेनिया वा उन्माद नामक कडा मानसिक रोग लागेको ब्यक्ति सधै उत्तेजित हुन्छ ।उसको व्यवहार र बिचार अव्यबहारिक र अनौठो किसिमको हुन्छ । झट्ट हेर्दा उ रोगी जस्तो देखिदैन । उसमा आत्मबल, जोस शारीरिक शक्ति बढेर आउँछ । यौनको आबेग पनि तिब्र् हुन्छ। जुनसुकै बेला र जो सुकैसँग पनि शारीरिक सम्बन्ध राख्न तयार हुन्छ । यौनको आवेगलाई नियन्त्रण गर्न सक्दैन । यस्ता व्यक्तिबाट बलात्कारका घटना समेत हुन सक्छ ।
- शरिरिक कारण : शरिरमा सेक्स हर्मन बढदा यौन चाहना बढ्छ । यस्तो अबस्थामा आफुलाई यौन अनुशासनमा राख्न नसक्दा बलात्कारका घटना हुन पुग्छन ।
- अति बिश्बास गर्नु : घर परिबारका सदस्य तथा आफन्तहरु बिच चाहिने भन्दा बढि घनिष्टता हुनु , अरुलाई अति नै बिस्बास गर्नु तथा नाता ( सम्बन्ध अनुसारको व्यवहार गर्न नजान्नु र यौनको मामिलामा अनुशासन र दायरा भित्र बस्न नजान्दा पनि हाडनाता करणीका घटना हुन पुग्छन।
- मनोबैज्ञानिक असर : सानोमा यौन दुर्ब्यबहार र यौन शोषणमा परेका ब्यक्तिहरु पछि गएर आफू पनि यौन अपराधी हुन सक्छन ।
- यौन अनुशासन नहुनु : यौन अनुशासन नभएको,पतित,बिखण्डित तथा चरित्रहिन घर परिबार र समाजमा हुर्केको बच्चा पनि पछि गएर यौनमा बिचलित हुन सक्छ ।
- #यी र यस्ता अन्य यौन समस्या ( बिचलन), मानसिक एवं मनोबैज्ञानिक समस्याका कारण यौन अपराध,जबर्जस्ती करणीका घटनाहरु हुन सक्छन । बलात्कारको घटनामा संलग्न ब्यक्तिलाई मानसिक रुपमा स्बस्थ ब्यक्ति भन्न सकिँदैन । किन कि मानसिक रुपमा स्बस्थ ब्यक्तिले समाजले स्बिकारेको मात्र ब्यबहार गर्छ । कुनै कार्य गर्नु अगाडि परिणमको बारेमा सोच्छ । के ठिक के बेठिक छुट्टाउन सक्छ । आफ्नो आबेगलाई नियन्त्रण गर्न सक्छ । सामाजिक मूल्य मान्यताको सम्मान गर्छ । यी र यस्ता गुण नभएको ब्यक्तिलाइ मानसिक स्बास्थ्यका हिसाबले रोगी भनिन्छ ।
गोपाल ढकाल,मनोबिद्
(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा आबद्ध छन् )