• १३ बैशाख २०८१, बिहीबार
अनशनको १८ औ दिनमा डा. केसीलाई सरकारले भन्यो: कोरोना महामारीमा अनशन बस्न सुहाउँदैन् !


काठमाडौं । सरकारले चिकित्सा शिक्षा सुधारको माग राखेर अनशनरत बसेका डा.गोविन्द केसीलाई कोरोना महामारीका बेला बखेडा भिकेर अनशन बस्ने समय नभएको जवाफ दिएको छ ।

बिहीबार मन्त्रिपरिषको निर्णय सार्वजिनक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अहिले सबै नागरिकलाई कोरोनाबाट कसरी जोगाउने भनेर लाग्नुपर्ने बेलामा अनशन, सत्याग्रह, धर्ना सुहाउँदो विषय नभएको बताउनुभयो । मन्त्री ज्ञवालीले डा. केसीलाई अनशन तोड्न आग्रह समेत गर्नुभयो ।

ज्ञवालीले भन्नुभयो, ‘एकातिर चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु कोभिडबाट नागरिकलाई कसरी जोगाउन सकिन्छ भनेर लागिरहनुभएको छ । यस्तो असामान्य बेला अनशन, सत्याग्रह, धर्ना, हड्ताल यो बेला सुहाउँदो विषय हो र पक्कै पनि होइन ! ’

ज्ञवालीले डा केसीलाइ अहिले अनशन फिर्ता लिएर सबै जना कोभिड विरुद्धको लडाईंमा जोडिनुपर्ने बताउनुभयो । डा केसीका धेरै माग पूरा भइसकेको र पूरा गर्न बाँकी विषयमा पछि छलफल गर्न सकिने जिकिर गर्नुभयो ।

सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने माग पूरा हुने क्रममा रहेको र पीसीआर टेस्टको दायरा बढिसकेको बताउनुभयो ।

Nabintech