• ११ बैशाख २०८१, मंगलवार
गृहमन्त्रीको भनाइप्रति ऋचाको आक्रोश:‘याद गर्नुहोस् यी नाम इतिहासमा लेखाजोखा हुनेछन्’


काठमाडौं । गृहमन्त्री राम बहादुर थापा बादलले बुधबार राज्य व्यवस्था तथा शुसासन समितिमा नेपाल अन्यदेशको तुलनमा बलात्कारको घट्नामा चिनितत हुनु पर्दैन् भन्ने भनाइएको सवत्र आलोचना भएको छ ।

गृहमन्त्री थापाको भनाइप्रति अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमा आफ्नो आक्रोश व्यक्त गनर्नुभएको छ ।

देशमा बलात्कारको घटना बढ्दै गईरहेका बेला नेपालमा विभिन्न समयमा गृहमन्त्री बनेका नेताहरुले दिएको बयानमा आक्रोश पोख्नुभएको हो ।

उहाँले बुँदागत रुपमा पूर्व गृहमन्त्री बामदेव गौतमदेखि वर्तमान गृहमन्त्री रामबहादुर थापासमेतले विभिन्न समयमा दिएको बयानमा आक्रोश पोख्नुभएको हो ।

ऋचाले मन्त्रीहरुले बलात्कारको केसमा दिएको बयानले इतिहासमा लेखाजोखा हुने समेत बताउनुभएको छ ।

Nabintech