• १३ बैशाख २०८१, बिहीबार
कांग्रेस विवादःपौडेल पक्षका महामन्त्री शंशाक देखि लिएर २७ केन्द्रिय सदस्यले दिए एक साताको अल्टिमेटम

विधानसम्मत् उठाएको मागलाई समाधान गर्न तदारुकता नदेखाए संघर्ष र विरोध कार्यक्रम गर्ने चेतावनी



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीको विरोध गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले एक साताको अल्टिमेटम दिएको छ।

विधानसम्मत् उठाएको विषयलाई समाधान गर्न गम्भिरता र तदारुकता नदेखाए संघर्ष र विरोध कार्यक्रम गर्ने चेतावनी दिएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर समूहले पार्टीको विधान विपरितका क्रियाकलाप फिर्ता गर्नुपर्ने माग राख्दै सभापति शेरबहादुर देउवालाई एक साताको अल्टिमेटम दिएका छन् ।

सोमबार पार्टी कार्यालय सानेपा पुगेर पौडेल पक्षका नेताहले पार्टी कार्यालयमा मुख्य सचिव कृष्णप्रसाद पौडेललाई विरोधपत्र बुझाएका हुन् । सोमबार दर्ता गरिएको विरोधपत्रमा असोज १९ गते अघि आफ्ना मागको सुनुवाई हुनुपर्ने माग राखिएको छ। सभापति देउवाले बोलाएको केन्द्रीय समिति बैठकको मिति असोज १९ लाई समयसीमा बनाएर पौडेल पक्षले आफ्नो माग दर्ता गराएको हो। विभाग गठनमा आफ्नो पक्षको असहमति हुँदाहुदै हँचुवाका भरमा पद र प्रलोभन देखाउदै विभागलाई ४७ पु¥याइएको पौडेल पक्षका नेता नविन्द्रराज जोशीको आरोप छ ।

महाधिवेशनको मिति तोकिसकेपछि पार्टीका विभाग र अन्य संरचनामा नियुक्ति गर्नु वैधानिक व्यवस्था र महाधिवेशनको आचारसंहिताको ठाडो उल्लंघन भएकोे नेता जोशीको भनाइ छ । देउवा पक्षले महाधिवेशन प्रभावित गर्न खोज्नुले केवल पार्टी कब्जा गर्ने नियतले भएको पौडेल पक्षका अर्का नेता दीपक गिरीको ठहर छ।समायोजन समयमा नगर्ने र महाधिवेशन पछाडि धकेल्ने गम्भीर षड्यन्त्र भएको गिरीले दावी गर्नुभयो ।

 

देउवाको कार्यशैलीले लोकतान्त्रिक पार्टीमा पार्टीको परम्परा र अनुभवबाट खारिनुपर्नेमा नेतृत्व अनियन्त्रित हुँदै जानुले सिंगो पार्टीको भविष्य र भाग्य धरापमा पर्न जाने प्रबल सम्भावना भएको आशंका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले आंशका व्यक्त गर्नुभएको छ ।

सरकारले जनहित गरेका क्रियाकलापको संसद र सदनमा विरोध गर्नुको साटो उल्दै भाग खोज्दै पार्टीलाई कमजोर बनाएको केन्द्रिय सदस्य धनराज गुरुङको आरोप छ ।
पार्टी सभापति देउवाले आफू इतरको विरोधका बावजुद केन्द्रीय विभागहरु गठन र विस्तार गर्दै आइरहनुभएको छ । विभाग गठनको विरोध गरे पनि पार्टीको ते्रस्रो धारका रुपमा रहेको कृष्णप्रसाद सिटौला पक्षले देउवाविरुद्को विरोधपत्रमा हस्ताक्षर भने गर्नुभएको छैन् ।

यस्तो पौडेल पक्षले बुझाएको विरोधपत्र:

 

 

Nabintech