लागुऔषधबारे च्याट हुने ह्वाट्सएप ग्रुपको एडमिन नै दीपिका रहेको खुलासा


काठमाडौं । सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणपछि बलिउडमा नयाँ रहस्य आइरहेका छन् । यसअन्तर्गत अनुसन्धानले लागुऔषधसँग जोडिएका धेरै बलिउडकर्मीहरूको नाम बाहिर ल्याएको छ ।

पछिल्लो पटक सबैभन्दा बढी चर्चामा तानिएकी अभिनेत्री दीपिका पादुकोणसँग शनिबार नारकोटिक्‍स ब्‍यूरो (एनसीबी)ले सोधपुछ गर्दै छ । यो मुद्दामा हालसम्म ५० भन्दा बढी बलिउड सेलिब्रेटीको नाम जोडिएको छ ।

अनुसन्धानका क्रममा लागुऔषधबारे च्याट हुने ह्वाट्सएप ग्रुपको एडमिन नै दीपिका रहेको खुलासा भएको छ । एनसीबीले यसका अन्य २ जना एडमिन उनकी म्यानेजर करिश्मा र जया साहसँग सोधपुछ गरेको छ ।

शनिबार करिश्मा र दीपिकालाई आमनेसामने राखेर सोधपुछ गर्ने तयारी भइरहेको छ । सन् २०१७ मा खोलिएको यो च्याट ग्रुप क्वान ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सी र दीपिकाबीच ड्रगको बिजनेसको कुरा गर्न खोलिएको थियो ।

Nabintech