• १३ बैशाख २०८१, बिहीबार
प्रदेश पूर्वाधार विकास प्राधिकरण संसदीय व्यवस्थामाथिको विश्वासघात:सांसद गिरी


काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् ५ नम्बर प्रदेशका प्रदेशसभा सदस्य शंकर गिरीले प्रदेश पूर्वाधार विकास प्राधिकरण विधेयकले संसदीय जनतन्त्रको उपहास गर्ने बताउनुभएको छ ।
बुधबार प्रदेश पूर्वाधार विकास प्राधिकरण स्थापना र सञ्चालन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै प्रदेशसभा सदस्य गिरीले मन्त्री, मन्त्रालय र विकासे अड्डालाई अविश्वास गर्दै संसदीय जनतन्त्रमाथि प्रहार भएको टिप्पणी गर्नुभयो ।

सासंद गिरीले भन्नुभयो, राजा महेन्द्र यही प्रवृत्तिका थिए, राजा ज्ञानेन्द्रले यही प्रबृत्ति अपनाए, यदि उनीहरुको पथमा हिंडने हो भने हामीले किन हिजो त्यत्रो आन्दोलन गरेको, व्यवस्था परिवर्तन गर्नुपरेको रु गरीले यो संस्थागत मूल्य मान्यता माथिको प्रहार हो, संसदीय व्यवस्थामाथिको विश्वासघात हो, लोकतन्त्रमाथिको अपमान हो ।

सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य रमा अर्याल र तारा जिसीले यो विधेयकलाई कार्यसूचीबाट हटाउन माग गर्नुभएको थियो ।

प्रदेशसभा सदस्यहरुले उठाएका विषयहरुको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले विगतमा भएका अभ्यासहरुकै आधारमा प्राधिकरण स्थापना र सञ्चालन विधेयक ल्याइएकाले अनावश्यक शंका र टिप्पणी नगर्न आग्रह गर्नुभयो ।

प्रदेश विकासको तीब्र आकांक्षालाई सम्बोधन गर्न प्राधिकरणको धारणा अघि बढाइएको मुख्यमन्त्री पोखरेलको तर्क थियो ।

Nabintech