• १३ बैशाख २०८१, बिहीबार
बाबुराम भट्टराईको प्रश्न,यो राजाको निरंकुश पञ्चायती शासन हो की,ओलीको ‘कमाउनिस्ट’ शासन हो ?


काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. गोविन्द केसीमाथि प्रहरीले गरेको दुर्व्यवहारको विरोध गर्नुभएको छ ।

जुम्लामा अनसरत डा. केसी मंगलबार काठमाडौं आइपुगे लगत्तै प्रहरीले जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याएको थियो । केसी त्रिवि शिक्षण अस्पताल जान चाहनुभएको थियो । तर प्रहरीले बलजब्ती रुपमा एमबुलेन्सबाट तानेर ट्रमा सेन्टरमा लगेको थियो ।

उक्त कुराको विरोध गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले टिविटमा  ‘यो राजाको निरंकुश पञ्चायती शासन हो की ओलीको ‘कमाउनिस्ट’ शासन हो  ? डा। केसीका जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक !,’ जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका भट्टराईले ट्विटरमा लेखेका छन्, ‘स्वास्थ्य क्षेत्रको सुधारनिम्ति डा।केसीले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गरौं !’

 

Nabintech