राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता, एकता महाधिवेशन वैशाख २५ देखि २८ सम्म


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयूक्तका विच पार्टी एकता भएको करिव ६ महिनापछि एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्वाचन आयोगमा दर्ता भएको छ ।

‘हलो कि गाई’ भन्नेमा चर्को विवाद हुदा पार्टी एकता नै भंग हुने अवस्था आएपछि शीर्ष नेताहरुका विचमा ‘हलो’ चुनाव चिन्ह राख्ने गरी आयोगमा दर्ता भएको हो ।चुनाव चिन्ह ‘हलो’ र झण्डा ‘गाई’ कामय रहनेगरी विवाद टुंग्गीएको छ । रातो, पँहेलो र निलो रंगको बीचमा ‘गाई’ रहेको झण्डा हुने पनि निर्णय गरिएको छ।

कमल थापा गाई र पशुपति शमशेर राणा एव् डा.प्रकाश चन्द्र लोहनी हलो चुनाह चिन्हको अडानमा रहेका थिए । चुनाव चिन्ह के राख्ने भन्ने विषयमा विवाद हुदा निर्वाचन आयोगमा दल नै दर्ता हुन सकिरहेको थिएन् । यो सहमतिपछि अध्यक्ष कमल थापाले ‘हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनाव चिन्ह भएतापनि पार्टी एकता जोगाउन हलो चुनाव चिन्ह्रमा सम्झौता अनिवार्य भएको बताउनुभएको थियो ।
अध्यक्ष थापाको उक्त कुरालाई राप्रपा नेता दिपक बोहोराले पार्टीमा चुनाव चिन्ह्रमा अव कसैको पनि विमत्ति नरहेको दावी गर्नुहुन्छ । सवैको सहमतिमा ‘हलो’ चुनाव चिन्ह राखेकाले राप्रपाको एकता अझै मजबुत भएको बताउनुभयो ।

हालसम्मको निर्वाचन र चुनावी परिणामलाई हेर्दा गाईमा भन्दा हलोमा मत बढी खसेको राप्रपा नेता ध्रुर्व प्रधानको दावी छ । नेपाल कृषि प्रधान देशका साथै आम जनताले अपनत्व लिएको हुनाले ‘हलो’ चुनाव चिन्ह्र नै उपयुक्त भएको दावी गर्नुहुन्छ ।

यस्तै राप्रपाको महाधिवेशन वैशाख २५ देखि २८ सम्म हुने भएको छ। राप्रपाको मंगलबार बसेको केन्द्रीय समितिको मंगलबार बसेको बैठकले एकता महाधिवेशन काठमाडौंमा गर्ने निर्णय पनि गरेको हो।

 

Nabintech