• १६ चैत्र २०८०, शुक्रबार
माग पूरा गर्नुको सट्टा अपहरण शैलीमा अस्पताल लगियो:अनशनरत डा‍.केसी


तस्बिर सौजन्य: महेन्द्र हमाल

जुम्ला । चिकित्साशिक्षा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रम तत्काल सञ्चालन गरिनुपर्ने माग राखी अनशनरत डा. गोविन्द केसीलाई शनिबार राति प्रहरीले अस्पताल ल्याए पनि उहाँले उपचार लिन मान्नुभएको छैन् ।

अनशन स्थलबाट प्रहरीले केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा पुर्‍याएको थियो । माग पूरा गर्नुको सट्टा अपहरण शैलीमा अस्पताल लगिएको भन्दै उहाँले कुनै उपचार नलिने अडान राख्नुभएको छ ।

अनशनको सातौं दिन आइतबार उन्हाँले अस्पतालको शय्याबाटै आफ्नो १९औं सत्याग्रह जारी रहेको बताउनुभएको छ । केसीको स्वास्थ्य बिग्रँदै गएपछि शनिबार दिउँसो नै चिकित्सकले अस्पताल लैजान सुझाव दिएका थिए ।

उपचारमा संलग्न प्रतिष्ठानको चिकित्सक टोलीले डा। केसीको स्वास्थ्य अवस्था गम्भीर भएको जनाएको छ । केसीको रगतमा चिनीको मात्रा अति कम भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन सक्ने अवस्था रहेको भन्दै उनले रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा पनि बढेर गएको बताउनुभयो ।

प्रतिष्ठानले केसीको उपचारमा गिरीसँगै डा। धीरज गुरुङ, डा. अनुप मंगल समाल र सविना थापालाई खटाएको छ ।

Nabintech