• १४ बैशाख २०८१, शुक्रबार
फिफा बरियतामा नेपाल पुरानै स्थानमा,शीर्ष स्थानमा बेल्जियम


काठमाण्डौं । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार नयाँ बरियता सार्वजनिक गरेको छ । जारी बरियतामा नेपाल यथावत रहन सफल भएको छ ।

कोरोना महामारीका कारण कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेको नेपाल बरियताक्रममा यथावत रहन सफल भएको हो । गत महिना नेपाल १ सय ७० औं स्थानमा रहेको थियो ।

नेपाल दक्षिण एसियाली राष्ट्र मध्ये तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत १ सय ९ औं स्थान र माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेका छन् । दक्षिण एसियामा नेपाल भन्दा तलरहेका भुटान १८९ औं, बंगलादेश १८७ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् ।

बरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ग्ल्याण्ड चौथो, पोर्चुगल पाँचौं स्थानमा छन् ।

Nabintech