बिहीबारदेखि लामो,छोटो दुरीका सबै सार्वजनिक सवारी सञ्‍चालनमा आउँछन्:यातायात व्यवसायी


काठमाडौँ । कोराना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण ६ महिनादेखि बन्द रहेका लामो दुरीका सवारी साधन बिहीबारबाट सञ्चालनमा आउने भएका छन् ।

नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा बुधबार विज्ञप्ति जारी गर्दै लामो, छोटो दुरीका सबै गाडी सञ्चालनमा आउने जनाएका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधामात्रै यात्रु बोक्ने गरी लामो दूरीमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको थियो। एक लाइनको सिटमा एक जनामात्रै यात्रु बस्नेगरी सेवा दिनुपर्ने सरकारले उल्लेख गरेको छ। गाडीमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु र ५० प्रतिशतसम्म बढी भाडा लिन पाइनेछ ।सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गर्नुपर्ने सरकारले मापदण्ड तोकेको छ ।

बुधबार भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीले सरकारको बनाएको स्वास्थ्य मापदण्ड र त्यसको कार्यविधि अपनाएर सेवामा जाने बताएका छन् । तर ६ महिनासम्म थन्किएका गाडीलाई मर्मत नगरी गुडाउन नसकिने भएकाले तत्काल सवै गाडी चलाउन सकिने अवस्था नरहेको यातायात व्यवसायीको भनाइ छ ।असोज १ गते विश्वकर्मा पुजा भएकाले बहिबिार नै पुजा गरेर बस सञ्चालनका लागि व्यवसायी तथा मजदुरलाई आग्रह गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले बताउनुभयो ।

यातायात व्यवस्था विभागले कोरोना संक्रमणको अवस्थामा कसरी सार्वजनिक सवारी चलाउन सकन्छि भनेर स्वास्थ्य सुरक्ष कार्यविधि तयार पारेको थियो । उक्त कार्यविधिमा चल्ने गाडीमा सिटमा कति जनासम्म राख्ने, कहाँ र कसरी खाना नास्ता खुवाउने, सङ्क्रमणरहित बनाउन के के गर्ने लगायतका विषयमा स्पष्ट निर्देशिकामा उल्लेख गरेको छ। उक्त कार्यविधिलाई नै केही परीमार्जजन गरी कार्यन्यनमा ल्याउने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले बताउनुभयो ।

गएको चैत ११ गतेदेखिको लकडाउन तथा निषेधाज्ञासँगै लामो दूरीमा चल्ने सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउँदा ४५ लाख यातायात व्यवसायी र मजदुर संकटमा परेको जनाएका छन् । भने झण्डै करिव ५० अर्व निजि क्षेत्रको लगानी डुबेको बताएका छन् ।

Nabintech