• १३ बैशाख २०८१, बिहीबार
नेपाल प्रजातान्त्रिक महासंघको प्रचार विभागको संयोजक सहित ५ सदस्य नियुक्त


काठमाडौं । नेपाल प्रजातान्त्रिक महासंघ नेपालको केन्द्रिय बैठकले “नेपाल प्रजातान्त्रिक महासंघको सूचना,प्रविधि तथा प्रचार विभागको संयोजकमा वरिष्ठ संचारकर्मी रोजी ढकाल पराजुली नियुत्त हुनुभएको छ ।
महासंघ तथा संगठन विभागको मंगलबार बसेको पदाधिकारी बैठकले ’नेपाल प्रजातान्त्रिक महासंघको आमन्त्रित केन्द्रिय सदस्य समेत रहनु भएका पराजुली सहित ५ जना सदस्यहरु नियुत्त भएको हो । प्रचार विभागमा लामो समय देखि पत्रकारिता क्षेत्रमा काग गर्दै आउनुभएका वरिष्ठ पत्रकारहरु निरज तामाङ,नकुल अर्याल,रिना खनाल र सन्तोषी अधिकारी रहनुभएको छ ।
महासंघको मंगलबार बसेको बैठकले संयोजकमा ढकाल सहित सबैलाई सर्वसम्मत ढंगले नियुत्त गर्ने निर्णय गरेको महासंघका महासचिव भक्तराज भुषालले जानकारी दिनुभयो ।
संयोजकमा नियुत्त हुनुभएका वरिष्ठ संचारकर्मी ढकाल नेपाली कांग्रेसको कृयाशिल सदस्य र नेपाली कांग्रेस काठमान्डौ महानगरपालिका वडा नं २९ को वडा समिति सदस्य दोस्रो कार्यकाल सम्म कार्यकाल सम्हाली सक्नु भएको छ । भने लामो समयदेखि टेलिभिजन र अनलाइन पत्रकारितामा आवद्ध हुनुहुन्छ । केही महिना अघि उहां नेपाल प्रजातान्त्रिक महासंघमा आमन्त्रित केन्द्रिय सदस्यमा नियुक्त हुनुभएको थियो ।
सदस्यमा नियुक्त हुनुभएका वरिष्ठ पत्रकार अर्याल पनि करिव डेढ दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमै हुनुहुन्छ । उहां पनि स्थानीय संवाददाता हुदै लामो समय टेलिभिजन पत्रकारिता गर्दे हाल अनलाइन पत्रकारितामा केन्द्रित हुनुहुन्छ ।
सदस्य अर्यालले यसअघि पे्रस यूनियन काठमाडौं शाखाका अध्यक्षको कार्यकाल समेत निर्वाह गरीसक्नु भएको छ भने हाल उहां नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्यमा समेत रहनुभएको छ ।
त्यस्तै प्रचार विभागको सदस्यमा नियुक्त हुनुभएका पत्रकार तामाङ विगत डेढ दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा हुनुहुन्छ । उहांले २०६२–६३ सालदेखि केही बर्ष रेडियोमा र त्यसयता टेलिभिजन पत्रकारितामा निरन्तर काम गरीरहनु भएको छ । उहांले यसअघि हिमालय टेलिभिजन,प्राइम टाइम्स टेलिभिजन र हाल उहां जनता टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।
सदस्यमा नियुक्त हुनुभएका पत्रकार रिना खनाल र सन्तोषी अधिकारी पनि एक दशक अघि देखि नेपाली पत्रकारिता क्षेत्रमा काम गर्दै आइरहनुभएको छ ।

Nabintech