• १३ बैशाख २०८१, बिहीबार
अख्तियारको ३० इतिहासमा सवैभन्दा बढी भ्रष्टाचारजन्य उजुरीदर्ता र मुद्दा फछ्यौट

ठूला मुद्दा अनुसन्धान र प्रमाण नपुगेको भन्दै तामेलीमा शाखामा थन्किए



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० बर्षे इतिहासमा सवैभन्दा बढी चालू आथिक वर्षमा २४ हजार ८ सय ९० उजुरी परेको छ ।

तीमध्ये १६ हजार ५ सय ८६ मुद्दा फछ्यौट भएका छन् भने झण्डै करिव १ हजार १ सय १४ मुद्दा विस्तृत अनुसन्धान अतार्थ तामेलीमा परेका छन् ।यस्तै आयोगले ४ सय ४१ भ्रष्टाचारजन्य मुद्दा विगो दाबीसहित प्रमाण लिएर विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

तर पनि अख्तियारले राम्रो काम गर्न सकेन वा भनौ एक हजार घुस खाने खरिदारलाई प्रकाउ गरी मुद्दाको संख्या बढायो तर अवौंका भ्रष्टाचारमा भने अनुसन्धानमा आलटाल गर्ने गरेको आरोप लागेको छ । मुद्दाका चाङ अख्तियारमा जती परेका छन् त्यो भन्दा धेरै ठूला मुद्दा भने तामेली शाखाको कुनामा थन्किएको आरोप नै लागेको छ ।

विगतमा लडाकु शिविरको भ्रष्टाचार, एनसेलको शेयर खरिददेखि राजनीतिक व्यक्तिको अकुत सम्पत्ति र उच्च प्रशासकहरुको अकुत सम्पत्तिका मुद्दा सधैँ तामेलीमा राख्दै आएको थियो । तर यस बर्षरेल विभागले इनरुवा–काँकडभिट्टा रेलमार्ग ठेक्कापट्टा, वाइडबडी प्रकरण,ओम्नी प्रकरण,आयाल निगम जग्गा खरिद प्रकरण,स्वास्थ्य सामग्री खरिद प्रकरण, बाँस्कोटाको घुस प्रकरण जस्ता ठूला भ्रष्टाचार प्रकरणलाई अख्तियारले तामेलीमा थन्क्याएर व्यवस्थापन गरीरहेको छ ।

यता अख्तियारका प्रवक्ता तारानाथ अधिकारी भने ति मुद्दालाई हालसालै तामेलीमा राखे पनि अनुसन्धानमा प्रमाण पुग्ने वित्तिकै फाइल खोल्ने दावी गर्नुहुन्छ । प्रवक्ता अधिकारी भन्नुहुन्छ,अनुसन्धान आज वा भोली भित्रै रिजल्ट देखाउने प्रक्रिया नभएकोले प्रमाण र अनुसन्धान गर्न लामो समय लाग्न सक्ने अख्तियारका प्रवक्ता अधिकारीकोदावी छ ।

यता बारका उपाध्यक्ष इश्वरी प्रसाद भट्टराइ भने अख्तियारले अनुसन्धान गर्ने नेतृत्वमा रहेका व्यक्तिको नियत र कार्यसम्पादन क्षमतामा भर पर्ने बताउनुहुन्छ । भट्टराइ भन्नुहुन्छ, राजनैतिक प्रेसरमा नियुक्ती भएका कारण अनुसन्धानमा पनि प्रभाव पार्ने बताउनुहुन्छ ।

साना प्रकृतिका भ्रष्टाचार मुद्दा दायर गर्ने काममा अख्तियारले सफलता पनि पाएको छ ।तर ठूला अनियमितता, राजनीतिक संरक्षण प्राप्त भ्रष्टाचार काण्ड र सत्ताको आडमा हुने अनियमिततामा अख्तियारले भ्रष्टाचार मुद्दा अघि बढाउनु त टाढाको कुरा,आइन्दा यसो नगर भनी चेतावनीसमेत दिन सकिरहेको छैन् । जहाँबाट जसले नियुक्त गरेको हो,उसकै इच्छा र इसाराअनुसार काम गर्दा ठूला भ्रष्टाचार छानबिनमा अख्तियार चुकेको आरोप लागेको छ ।

 

Nabintech