• १६ चैत्र २०८०, शुक्रबार
नेविसंघ महामन्त्री वैद्यले कोरोना प्रभावित विद्यार्थी र श्रमिकलाई खुवाए खाजा


 

काठमाडौ । नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले कोभिड १९ को महामारीले समस्यामा रहेका विद्यार्थी र मजदुरहरूलाई खाजा खुवाउनुभएको छ ।
खाजा खुवाउने अभियानको शुरूवात सोमबार पशुपति क्याम्पस र लिलगँगा प्रांगणबाट गरिएको हो । महामन्त्री वैद्यले भन्नुभयो, मेरो प्रयासमा आहातमा परेका लाई राहात स्वरुप खाना खुवाउने कार्यक्रम सोमबारबाट सुरु गरीएको बताउनुभयो । सोमबार पशुपती क्याम्पस प्रांङ्गड र तिलगंगा अगाडि खाजा वितरण गरीएको र निरन्तर रुपमा चलिरहने छ ।

यसअघि पनि महामन्त्री वैद्यले लकडाउनले समस्यामा परेका विद्यार्थीलाई खाद्यान्न सहयोग गर्नुभएको थियो ।

Nabintech