भावनासँग प्रेम गर्ने सुहाना


चलचित्र ‘ए मेरो हजुर ४’ यो वर्षको दशैंमा रिलिज नहुने पक्का भइसकेको छ । चलचित्र हल कहिलेदेखि खुल्छ भन्ने यकिन नहुनु, चलचित्रको बाँकी छायांकन सुरु गर्न नसक्नु आदि कारणले गर्दा दशैंमा दर्शकमाझ आउने नायिका सुहाना थापाको चहाना पनि पूरा हुन पाएन ।

नायिका सुहाना थापा भने आफ्नो दोश्रो काम दर्शकलाई चाँडोभन्दा चाँडो देखाउन पाइयोस् भन्ने चाहन्छिन् । तर उनको सोचाइ पूरा हुन पाएन । कृष्णभक्त नायिका प्रेम र भावनाको कुरा पनि फ्यानसँग सेयर गर्न पछि पर्दिनन् । उनै सुहाना लेख्छिन्–‘के म भावनासँग प्रेम गर्छु ? वा म सत्य पत्ता लगाउने कोसिस गरिरहेको छु ।’

सुहाना आफ्नो मनमा उत्पन्न भएका भावनाको विषयमा कुरा गरिरहेकी छिन् । सुहानाले केही वर्ष अगाडि एक युवकको प्रेममा रहेको खुलासा चलचित्र ‘ए मेरो हजुर ३’को प्रमोसनको क्रममा गरेकी थिइन् ।

सुहानाले आफ्नो मनमा उब्जिएको प्रेमको भावनाको सत्यता चाँडै पत्ता लगाउन सकून्, सायद उनका फ्यान यही कुराको आशा गरिरहेका होलान् ।

Nabintech