• १३ बैशाख २०८१, बिहीबार
नयाँ पुस्ताबाट म पनि कांग्रेस सभापतिको दावेदार हुँ:कल्याण गुरुङ

उम्मेदवारी बार्गेनिंग टुल्सका रुपमा प्रयोग गर्न नहुने भनाइ



काठमाडौं । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले १४औं महाधिवेशनमा नयाँ पुस्ताबाट आफु पनि दाबेदार रहेको बताउनुभएको छ ।
एपीवान टेलिभिजनसँगको अन्तर्वार्तामा नेता गुरुंगले १४औं महाधिवेशनमा नयाँ पुस्ताबाट आफु पनि सभापतिको दाबेदार रहेको बताउनुभएको हो ।
नयाँ पुस्ताले सभापति आँट गर्न सक्छ भन्ने प्रश्नको जवाफमा उहाँले नयाँ पुस्ताले सक्ने र त्यसभित्र आफु पनि पर्ने दावी गर्नुभयो ।
उहाँले आफुले उमेदवारीलाई बार्गेनिंग टुुल्सका रुपमा भने प्रयोग नगर्ने समेट प्रष्टिकरण दिनुभयो । ७० वर्ष कटेका ७ जना नेताहरुले सभापतिको दाबेदारी गरिरहँदा आफुहरु नयाँ पुस्ताले किन आँट नगर्ने रु भन्दै उहाँले प्रतिप्रश्न समेत गर्नुभयो ।

नेतागुरुङले पार्टीमा धेरैले उमेदवारी घोषणा गर्नु राम्रो कुरा भएको बताउनुभयो । तर, उमेदवारीलाई बार्गेनिंग टुल्सका रुपमा प्रयोग गर्न नहुने कुरामा जोड दिनुभयो । उम्मेदवारी बार्गेनिंग टुल्सका रुपमा प्रयोग गर्न नहुने भन्दै उहाँले जुन पदमा घोषणा गरेको हो सोही पदमा चुनाव लडनुपर्छ भन्नेमा आफु प्रष्ट रहेको बताउनुभयो ।

माथिल्लो पदमा उमेदवारी घोषणाको हल्ला गरेर तल्लो पद सुरक्षित गर्न नहुनेमा उहाँको जोड थियो । उहाँले पार्टीभित्र कुनै पनि पुस्ता चुनौतीविहिन नभएको पनि बताउनुभयो ।

त्यस्तै,नेता गुरुंगले महाधिवेशनको तिथि मिति घोषणा भइसकेपछि विभाग गठन गरेको कुरामा पनि आपत्ति जनाउनुभयो । महाधिवेशन घोषणा भएपछि त्यसलाई प्रभावित पार्न सक्ने कुराहरु गर्दा भोली नजिर भन्न सक्ने भन्दै उहाँले विभाग गठनको समय उपयुक्त नभएको टिप्पणी गर्नुभयो । र विभाग गठनका काम तत्काल रोक्न पनि माग गर्नुभयो ।

Nabintech