• १४ बैशाख २०८१, शुक्रबार
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको चिन्ता: कोरोनाबाट बचे पनि भोकले मर्ने स्थिति आउनु डरलाग्दो कुरा भयो


काठमाडौं । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न सरकारले आह्वान गरेको बन्दाबन्दीका कारण बेरोजगार र विपन्न जनतालाई राहत दिन नसक्ने अवस्थामा राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीको पनि तलवभत्ता रोक्न माग गर्नुभएको छ ।

सरकारले बेरोजगार र विपन्न जनतालाई तुरुन्तै स्थानीय तहमार्फत नगद, जिन्सी राहतको व्यवस्था गर्न उहाँको माग छ । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले कोरोनाबाट बचे पनि भोकले मर्ने स्थिति आउनु डरलाग्दो भएको बताउनुभएको छ ।

उहाँले पचासौं लाख अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार श्रमिक तथा गरीबीको रेखा मुनी रहेका परिवारको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अनन्तकालसम्म लकडाउन र कर्फ्यू लगाउँदै जानु कति उपयुक्त हो भन्दै प्रश्न समेत तेर्साउनुभएको छ ।

आम जनताको जीवनमरणको यो गम्भीर अवस्था नबुझ्नेहरूको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपतिरप्रधानमन्त्रीर मन्त्रीर न्यायाधीशरसांसदरकर्मचारीरशिक्षक लगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि ?

उहाँको स्ट्याटस जस्ताको तस्तै:

 

Nabintech