• ७ बैशाख २०८१, शुक्रबार
व्रत नबस्न आग्रह गर्दै सोफियाले गाएको ‘तिज गीत’ विवादमा


गायिका सोफिया थापाले गाएको ‘अबको तिज नो ब्रत प्लिज’ बोलको तिज गीत विवादमा परेको छ । यूट्युबमा सार्वजनिक भएलगत्तै यस गीतले चर्को प्रतिक्रिया सामना गर्नुपरेको हो ।

नेपाली महिलाहरुको महान पर्व तिज नजिकिँदै जाँदा दिन–दिनै नयाँ तिजगीतहरु सार्वजनिक भइरहेका छन् । यही सिलसिलामा गायिका सोफिया थापाको ‘तिजगीत’ हाइलाइट्स नेपालको च्यानलबाट यूट्यूवमा सार्वजनिक भएको हो । सार्वजनिक भएलगत्तै गीतको आलोचना सुरु भएको थियो । गीतका शब्दहरुले तिजको मर्म र हिन्दू महिलाहरुको भावनामा ठेस पुर्‍याएको टिप्पणी धेरैले गरेका छन् ।

गीतमा तिजको व्रत नबस्न महिलाहरुलाई आह्वान गरिएको छ । ‘अबको तिज नो ब्रत प्लिज, नो खुट्टाको पानी….रंगीविरंगी चुरा र साडी गहनाको भारी… गुडिया जस्तै सजिएर नखाने दर हामी, ’ जस्ता शब्दहरु गीतमा प्रयोग भएका छन् ।

यो गीत सोफिया स्वयंले लेखेकी हुन् ।

यूट्यूवमा गीतले अत्यधिक नकारात्मक कमेन्ट पाएको छ ।

गीत हटाउन आग्रह

एक हिन्दूवादी संगठनले यो गीत यूट्यूवबाट हटाउन आग्रह गरेको छ । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका नाममा हिजो (सोमबार) जारी भएको विज्ञप्तिमा ६ गते मंगलबारसम्म गीत नहटाए विरोधका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

हेर्नुहोस् भिडियो

 

Nabintech