• १४ बैशाख २०८१, शुक्रबार
सोमबार मात्रै कोरोनाबाट ११ जनाको ज्यान गयो, देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो


काठमाडौं । कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यससँगै सोमबारसम्म मृतकको संख्या ३०० पुगेको छ।
स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङअनुसार सोमबबार देशभरी ९ सय ७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । भने देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १९० रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ रहेको छ । यस्तै निको हुनेको कुल संख्या ३० हजार ६७७ जना पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
सोमबार ९,२१८ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण भएको छ ।

Nabintech