• १७ मंसिर २०७८, शुक्रबार
कोरोना भाईरसको महामारीमा पनि रोकिएन मानब बेचबिखन !

खोज तलासका लागि दर्जनौ निवदेन ? सरोकारवालाहरु अबको गन्तब्यको खोजीमा ?



काठमाडौं । बाँकेका दुई जना बालिकालाई बिदाको मौका छोपी काठमाडौं स्थित एक होटलमा पुर्याइयो । रोजगार दिने बहानामा घरमा कसैलाई नभन्नु है भन्दै एक महिलाद्वारा काठमाडौं पुर्याइएपछि घटना बाहिर आएको हो । अहिले यस घटनाको मुद्धा चलिरहेको भएतापनि होटल सञ्चालक महिला मात्र पक्राउ परेको अवस्था छ । घटनाका मूख्य योजनाकार महिला भने फरार छन् ।

अर्को घटना पनि बाँकेमै घटेको छ । एक किशोरीलाई प्रेमको नाटक गरी भारतमा राम्रो काम लगाईदिन्छु भन्दै लैजाने क्रममा प्रहरीले शंका लागी सोधपूछ गर्दा २४ बर्षीया किशोरी बेचिनबाट जोगिन सकिन् । तर, घटनाका मूख्य योजनाकार भने किशोरीको साथमा नहुँदा पक्राउ पर्न सकेनन् । नेपाल– भारत जमुनाह नाकामा प्रहरीले सोधपुध गर्ने क्रममा यो घटना सार्बजनिक भएको हो ।

कोरोना भाइरसको महामारीको समयमा खुलासा भएका यी दुई प्रतिनिधिमूलक घटना मात्र हुन् । यस अबधिमा आन्तरिक रुपमा मानव बेचबिखन बढ्दै गएकोले मानव बेचबिखनको जालो निर्मूल पार्न चुनौति थपिएको मानव बेचबिखन बिरुद्ध क्रियाशील संस्था माइती नेपाल नेपालगन्जका प्रमूख केशब कोइरालाको ठम्याइ छ ।

अधिकारकर्मी कोइरालाका अनुसार, एक बर्षको अवधिमा जोखिम पूर्ण यात्रामा रहेका ५७७ जनालाई नेपाल भारत सिमाना जमुनहा नाकाबाट उद्धार गरिएको छ । महामारीसँगैको यो बन्दाबन्दीको समयमा मात्र तीन जनालाई उद्धार गरिएको छ । खोजतलास तथा उद्धारका लागि परेका निवेदन मध्ये दुई बालिका र एक किशोरलाई उद्धार गरिएको हो । हालसम्मको अवधिमा खोज तलास तथा उद्धारका लागि ३ दर्जन बढी निवेदन परेको माइती नेपाल नेपालगन्ज कार्यालयमा अभिलेख छ ।

बेचबिखनमा पारिएका महिला तथा बालबालिकाहरूको उमेर ७ देखि २४ वर्ष र औसत उमेर १६ वर्ष रहेको पाइएको छ । विगत २ वर्षमा १५ हजार भन्दा बढिको संख्यामा महिला तथा बालबालिकाको बेचविखन भएको छ । आइएलओको र्यापिड एसेसमेन्ट ९२००१० अनुसार, प्रत्येक वर्ष १२ हजार महिला तथा बालबालिकाहरू बेचबिखनमा पारिन्छन् । वैदेशिक रोजगार र शैक्षिक, झूठो विवाह, मनोरञ्जन, मानव अंग बेचबिखन, गर्भाशयको बेचबिखन जस्ता डरलाग्दा स्वरुपहरु पछिल्लो समयमा देखिन थालेका छन् ।

मानव बेचविखन तथा ओसार पसार बिरुद्धको १४ औं राष्ट्रिय दिवस र अबको गन्तब्य ?

संयुक्त राष्ट्र संघका अनूसार दासता, बाध्यात्मक श्रम (बधुवा मजदूरी वा ऋणी बनाइएको श्रम लगायत) र दासतापूर्ण व्यवहारका लागि कुनै पनि व्यक्तिलाई डर, धाक देखाइ, जालझेल गरी वा शक्ति,पदको दुरुपयोग गरी काममा लगाउनु,ओसारपसार गर्नु, एक ठाउँबाट अर्को ठाउमा लैजानका लागि सहयोग गर्नु वा आश्रय दिनु वा अरुद्वारा त्यस्तो कामको निम्ती सहयोग प्राप्त गर्नु बेचबिखन हो ।

जनचेतनाको अभाव, लैङ्गिक विभेद ,घरेलु हिंसा, नेपाल र भारत बिचको खुल्ला सिमाना, असुरक्षित बसाई सराई, अशिक्षा आदिका कारण मानव बेचबिखन भइरहेको छ । यस बर्षको मानव वेखिवन तथा ओसार पसार विरुद्धको १४ औ राष्ट्रिय दिवस २०७७ को नारा ‘मानव वेचविखन तथा ओसार पसारको अन्त्यः सुसंस्कृत, सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तब्य’ भनेर राखिएको छ । साँच्चीकै हामीले सोचे जस्तो बातावरण निर्माणका लागि के गर्न जरुरी छ भन्ने कुराको निक्र्योल अब गर्ने पर्ने हुन्छ । हामिले परिकल्पना गरेका सुसंस्कृत, सभ्य समाज र सामाजिक रुपान्तरणलाई यसरी चर्चा गर्न सकिन्छ ।

सूसंस्कृत,सभ्य समाज : वास्तवमा, सूसंस्कृत र सभ्य समाज भनेको कुनै पनि सामाजिक विकृति नभएको र सबै मानिस चेतनशील भएको एवम् मर्यादित समाज हो । असभ्य समाजलाई सभ्य पार्नु नै आजको आवश्यकता र चुनौती हो । समाजमा रहेका आन्तरिक समस्या, हिंसा, चोरी, डकैती, दुष्कर्म, बलात्कारजस्ता कामलाई उन्मूलन गरी यसलाई निर्मूल पार्नु नै आजको आवश्यकता हो । नैतिक आचरण सुधार गरेपछि नै मानव बेचखिन जस्ता जघन्य अपराध कम हँदै जाने छन् ।

सामाजिक रुपान्तरणः सामाजिक रुपान्तरण सामाजिक विकासका लागि अपरिहार्य छ । यसले सामाजिक मूल्य मान्यता, चिन्तन, आचरण, प्रवृति, सामाजिक संरचना र सम्बन्धमा सामयिक परिवर्तन ल्याउँछ । यो परिवर्तनले मानिसलाई सामाजिक बनाउँछ र मानव बेचबिखन जस्तो जघन्य अपराध गर्देन भन्ने मानसिकताले यस बर्षको दिवसमा यो शब्द अटाएको हुनुपर्छ । किनभने, सामाजिक सोंच, विचार, चिन्तन र व्यवहार गतिशील प्रक्रिया हो । हाम्रो अबको अग्रगामी सोंच सामाजिक रुपान्तरणका लागि हुनुपर्दछ । यसका लागि गैरसरकारी संस्था, सञ्चार संस्था तथा नागरिक समाज बिच समन्वय हुुनुपर्छ ।

अन्त्यमा, (आई.एल.ओ.)  को सन् २००१ को प्रतिवेदन अनुसार वर्षेनी १० देखि १२ हजार नेपाली बालबालिका तथा महिला बेचबिखन हुँदै आएका छन् । बेचबिखनको यस्तो कहाली लाग्दो यथार्थता एकातर्फ छ भने अर्को तर्फ हाम्रो घर परिवार र समाजमा बालबालिका तथा महिलाहरुले भोग्नु पर्ने असमानता, दुव्र्यवहार तथा होषणको स्थिति दयनीय छ । हजारौ चेलिबेटिहरु पारिवारिक र सामाजिक हिंसाको शिकार भएर तथा घरपरिवारबाट तिरस्कृत भई बिचल्ली र विक्षिप्त परिस्थितीमा बांँच्न बिवश छन् । साथै असंख्य बालबालिकाहरु जोखिमपूर्ण जीवन बाँंच्न बाध्य भएका छन् ।

लेखपढ गर्ने उमेरका धेरै बालबालिकाहरु कसैको घरमा घरेलु कामदार भएर कठोर श्रम गर्नुको साथै शारिरीक र मानसिक दवाबका शिकार भएका छन् । लेख्ने पढ्ने त धेरै टाढाको कुरा, पेटभरि खाना र सामान्य औषधी उपचार गर्न समेत नपाएर कलिलो उमेरमा ज्यान गुमाउने बालबालिकाहरुको संख्या पनि कम छैन । बालबालिका तथा महिलाहरु घर – घरमा हेपिएका, पिटिएका र पिल्सिएका छन् । उनीहरुको मन स्वाभिमान र सम्मानलाई मिचिएको र कुल्चिएको छ । कथित सामाजिक तथा रीतिका नाममा महिलालाई बलि चढाउने चलन यद्यपी हाम्रो समाज भित्रै छ । जुन कोणबाट हेरे पनि बालबालिका तथा महिलाको अबस्था नाजुक छ ।

त्यसैले अब हामीले गर्ने जनचेतनाको कार्यक्रमको पनि स्तरबृद्धि गर्नुपर्छ । किनभने हामिले गरिरहेको प्रयास भन्दा एक चरण अगाडि बेचबिखन गर्ने गिरोह छ । किनभने आफन्तबाटै बेचिएर उद्धार गरी ल्याइएका मध्ये पनि अधिकांशले प्रहरीमा उजुरी दिन सक्दैनन् । यस्तो अवस्थामा कानुनी बाटा बुझाएर यस्ता घटना बाहिर ल्याउनु पर्छ । तसर्थ यस्ता घटना न्यूनीकरणको मुख्य उपाय भनेको जनचेतना नै हो । यस्ता विषयमा जनचेतना जगाउन स्थानीय स्तरमै तालिम सञ्चालन गर्ने र यस्ता तालिममा सहभागीहरूको सञ्जाल नै बनाएर एक ठाउँबाट अर्को ठाउँमा सूचना प्रवाह गर्न सकिन्छ ।

अबका दिनमा यो बर्षको नाराजस्तै सुसंस्कृत,सभ्य समाज निर्माण गर्दा तिनै तहका सरकार लागी पर्नुपर्छ । अनि आम नागरिकहरुले पनि यो योजनामा साथ दिनुपर्छ । मानव बेचबिखन गर्ने दलालहरुलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुपर्छ । किनभने यो महामारीको बेला त्यस्ता गिरोहहरुले हाम्रै घरआगनमा हाम्रै चेलीबेटिलाई मात्र होइन बालबालिकाई समेत बेचिरहेका छन ।

त्यसैले प्रत्येक ब्यत्ति तथा समूदायले सचेतता अपनाउन जरुरी छ । यतिमात्र होइन समाजमा ब्याप्त आर्थिक समस्यालाई हल गर्दे जानुपर्ने अर्को पाटो छ । यसतर्फ पनि ध्यान पुर्याउन नसक्ने हो भने जति नै योजना बनाए पनि सफल नहुने निश्चित छ । अब सबै पाटो केलाएर बृहत योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गर्नुपर्छ ।

Nabintech