• १८ बैशाख २०८१, मंगलवार
टिकटक प्रतियोगितामा बिजेताले साढे १ लाख रुपैँया पुरस्कार पाउने

भाद्र १३ गतेदेखी कार्तिक २८ गतेसम्म ‘सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७, सञ्चालन हुदै



काठमाडौं । प्रदेश नम्बर १ स्थित सुनसरीको बराहक्षेत्रमा देशकै ठूलो धनराशी पुरस्कार भएको ‘सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७, हुने भएको छ।

बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजक सदाबहार मिडिया प्रालिले नेपालमै पहिलो पटक ठूलो धनराशी पुरस्कार भएको राष्ट्रिय स्तरिय टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराएको छ ।

प्रतियोगिता आगामी भाद्र १३ गतेदेखी कार्तिक २८ गतेसम्म संचालन हुने प्रालीका अध्यक्ष भवानी धिमालले जानकारी दिनुभयो । प्रतियोगिताको पहिलो चरण अन्तर्गत भाद्र १३ गतेदेखी २८ गतेसम्म आबेदनको रुपमा सहभागीले सदाबहार मिडियाको अफिसियल पेजमा आफ्नो टिकटक भिडियो लिंक पठाउनु पर्ने छ । भिडियो पठाउने मध्ये बाट भ्युजको आधारमा पहिलो चरणमा उत्कृष्ट १ सय जना सहभागीलाई दोस्रो चरणमा प्रवेश गराइने कार्यक्रम संयोजक देब भट्टराईले जानकारी दिनुभयो ।

पहिलो चरणमा छनौटभएका सहभागिहरु मध्येबाट असोज १९ गते दोस्रो चरणमा उत्कृष्ट २० जनाको भिडियोमा आएको भ्युजको आधारमा छनोट गरिनेछ। क्रमशः ५ औं चरणसम्म भोटिङको आधारमा उत्कृष्ट १५, १०,५, ३ र फाइनल क्रमशः असोज २७, कार्तिक ६, कार्तिक १४, कार्तिक २१ र कार्तिक २८ गते बिजेता घोषणा गरिने बिज्ञप्तीमा उल्लेख गरिएको छ।

सहभागीले अर्को चरणमा प्रवेश गरेपछि प्रत्येक नयाँ चरणमा नयाँ भिडियो पठाउनुपर्ने र भिडियो बनाउँदा कुनै जात, धर्म, पेशा, समुदाय र राष्ट्रियतामा आच आउने खालको भिडियो भएमा मान्य नहुने व्यवस्थापक रमेश यादबले जानकारी दिनुभयो ।

सहभागी प्रतियोगीले आवेदन शुल्क तिरेको रसिद, नाम, ठेगना, सम्पर्क नम्बर सदाबहारको फेसबुक पेजमा इन्बक्स गर्नुपर्ने, छ । भिडियो बनाउँदा १५ सेकेन्ड भन्दा माथीको नेपाली भाषामा हुनुपर्ने छ । सहभागीले आफ्नै अभिनयमा भिडियो बनाएर पठाउनुपर्ने, सहभागीले सर्त पालना नगरे भिडियो रद्द गरिने र आवेदन शुल्क फिर्ता नहुने लगाएतका नियमहरु राखेको प्रतियोगिताका प्रबक्ता किरण चौलागाईंले बताताउनुभयो ।

नेपालमा अहिले सम्मकै ठूलो धनराशी पुरस्कार भनिएको सो प्रतियोगितामा प्रथम हुनेले स–प्रमाणपत्र नगद १ लाख ५० हजार, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १ लाख र ५० हजार साथमा प्रमाणपत्र प्राप्त गर्नुका साथै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट ५ लाख बराबरको जिवन विमा गरिदिने सदाबहार राष्ट्रिय टिकटक प्रतियोगिताका प्रवक्ता किरण चौलागाँईले जानकारी दिनुभयो ।

Nabintech