• १८ बैशाख २०८१, मंगलवार
नेपाल प्रेस युनियनको केन्द्रीय समितिमा बाँके जिल्लाबाट को-को छन् उम्मेदवार


नेपालगन्ज । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन आगामी साउन ६ र ७ गते मकवानपुरको हेटौंडामा हुँदैछ ।

पोखरामा २०७१ भदौमा ८ औं महाधिवेशन गरेको प्रेस युनियनले करिब ८ वर्षपछि नवौँ महाधिवेशन गर्न लागेको हो । युनियनको महाधिवेशन आउन करिब–करिब १० दिन बाँकी रहदाँ विभिन्न पदमा उम्मेदवारी घोषणा गर्नेक्रम बढ्दोछ । महाधिवेशन लक्षित युनियनका पार्षदहरुले आ–आफ्नो उम्मेदवारी घोषणा गरिरहेकाछन् । ।

बाँकेबाट को-को उम्मेदवार  ?

नेपालगन्जमा लामो समय पत्रकारिता गरि पछिल्लो समय काठमाण्डौंमा रही रेडियो नेपालमा रहेर पत्रकारिता गरिरहेका सन्तोष रेग्मीले समेत उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेकाछन् । उनले उपमहासचिवमा आफ्नो उम्मेदवारी घोषणासंगै प्रचारप्रसार थालिसकेकाछन् । यस्तै, नेपालगन्जमा लामोसमय पत्रकारिता गरि हाल काठमाण्डौं रहेर नेपाल टेलिभिजनमा पत्रकारिता गरिरहेकी कमला हमालले युनियनको केन्द्रिय महिला सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
नेपालगन्जमा रहेर लामोसमयदेखि पत्रकारिता गरिरहेकी शोभा केसीले पनि केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेकीछन् । यता नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव प्रेम केसीले समेत युनियन महाधिवेशनमा उम्मेदवारी दिनसक्ने बताइएकोछ । यद्यपी उनले यस विषयमा केही बताएका छैनन् । उनी अहिले मातृशोकमा छन् । यस्तै युनियनको महाधिवेशनमा बाँकेबाट अरुले पनि उम्मेदवारी दिने खबर आएपनि यसको अझैं टुंगो लागेको छैन ।

पदाधिकारीमा क–कसको दावी ?

यसैबीच, युनियनको महाधिवेशन नजिकिदै गर्दा हालसम्म युनियनको नयाँ नेतृत्वका लागि आधा दर्जन दाबेदार देखिएका छन् । संस्थापन पक्षबाट वर्तमान कोषाध्यक्ष सरोज अधिकारी र पूर्व उपाध्यक्ष अनिता विन्दु अध्यक्षका सशक्त दाबेदारका रुपमा अगाडि आएका छन् । यस्तै संस्थापन इतरबाट वर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र केन्द्रिय सल्लाहकार तथा पूर्व महासचिव शिव लम्सालले तयारी तीव्र पारेका छन् । यस्तै प्रेस युनियनका नेता रामप्रसाद दाहालले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेकाछन् । प्रेस युनियनका पूर्व सचिव सन्तोष न्यौपाने, भुवन भट्ट, प्रेस युनियनका पुराना नेता दामोदर दवाडी र उमिद वाकचनले पनि अध्यक्षमा आकांक्षा देखाएको पाइन्छ । यद्यपि उनीहरुले अहिलेसम्म उम्मेदवारी घोषणा भने गरेका छैनन् । वरिष्ठ उपाध्यक्षमा लीला खनाल, नीरज खतिवडा लगायतले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै युनियनको उपाध्यक्षमा जनार्दन घिमिरे, सलोजा दाहाल, ऋषिकान्त पौडेल, दीलिपाश्री अधिकारी, कल्पना शर्मा लगायत दाबेदारका रुपमा अगाडि आएका छन् । यति मात्र होइन उनीहरुले आ–आफ्नो प्रचारप्रसार समेत गर्न थालेकाछन् । यस्तै युनियनको महासचिवमा पनि मुख्य आकर्षण देखिएको छ । महासचिवमा कार्यवाहक महासचिव भीष्मराज ओझा, सचिव खिला कार्की, केन्द्रिय सदस्यहरु दीलिप पौडेल र रमेश वाग्ले, शिवराज योगीले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै काठमाडौंका पूर्व अध्यक्ष नकुल अर्याल, कञ्चनपुरका पूर्व सचिव केशव साउद, विमल ज्ञवालीले उम्मेदवारी घोषणा गरेर प्रचार–प्रसार थालेका छन् । उपमहासचिवमा युवराज गौतम, सुलोचना गौतम, भुवन शर्मा, कुसुम बिक ९सेन्चुरी०लगायतको दाबेदारी छ । यस्तै कोषाध्यक्षमा पदम जोशी, माधव धिताल, मित्र भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । सचिवमा खगेन्द्र भण्डारी, विजय रेग्मी, कालिका महत, तीर्थ बस्नेत, मेनुका ढुंगाना, राधा खनाल, एलपी देवकोटा, टिकाराम सुनार लगायतले उम्मेदवारी घोषणा गरेका छन् । महाधिवेशन आउन १० दिन बाँकी हुँदा युनियनकर्मीबीच उम्मेदवारी घोषणाको लहर चलेको छ । ३–३ वर्षमा महाधिवेशन हुनुपर्नेमा ८ वर्षपछि हुन लाग्दा नेतृत्वमा प्रेस युनियनमा देखिएको जामले उम्मेदवार बढ्ने संकेत देखाएको छ ।

Nabintech