शीत बनेर पोखिन्छन् मेरा भावनाहरु !


कविता

अस्तित्व
उत्सव मनायो जूनले,
अँध्यारोले खोइ
मलाई छोप्न सक्यो र ?
म त चम्किरहेछु मेरो आकाशमा ।

उत्सव मनायो फूलले
काँडाले खोइ ?
मलाई घोच्न सक्यो र ?
म त फुलिरहेछु मेरो धर्तीमा ।

शीत बनेर पोखिन्छन्
मेरा भावनाहरु
थोपा-थोपामा,
तर पनि म उदाइरहेछु,
एउटा सिङ्गो आकाश बोकेर ।

त्यही शितले भिजाइरहेछ,
मेरा कोमल पत्र-पत्रहरु,
म पनि फुलिरहेछु,
एउटा मिठो मुस्कान बोकेर ।

पाैडेल रुपा

ललितपुर

Nabintech