• १८ बैशाख २०८१, मंगलवार
दरबारमार्ग सामूहिक बलात्कारकाण्ड:मुख्य अभियुक्तलाई पाँच वर्ष जेल सजाय


काठमाडौं । दरमार्गस्थित तीन वर्षअघि भएको सामूहिक बलात्कारका मुख्य अभियुक्तलाई उच्च अदालत पाटनले पाँच वर्ष कैद र पीडितलाई सात लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।
उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण पौडेलको संयुक्त इजलासले जिल्ला अदालत काठमाडांैको फैसला सदर गरेको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले २७ कात्तिक २०७६ मा बलात्कार अभियोगमा मुख्य अभियुक्त ठहर भएका मुख्य अभियुक्त रामेछापका शैलेश कार्कीलाई पाँच वर्ष २ महिना कैद हुने र पीडित युवतीलाई सात लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । घटनामा संलग्न अन्य तीन जना अभियुक्तलाई १४ महिना कैद हुने फैसला सुनाइएको थियो ।

सो फैसलाविरुद्ध अभियुक्त कार्की २५ भदौ २०७७ मा उच्च अदालतमा पुनरावेदनका लागि गएका थिए । ७ माघ २०७४ मा दरबारमार्ग स्थित ल्यान्डमार्क होटलमा शैलेश कार्की, विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेललेले १८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका थिए । सामूहिक बलात्कारको सिकार भएकी ती युवतीले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको थियो । बलात्कारपछि घटना मिलाउन खोजेपछि सो घटना सार्वजनिक भएको थियो ।

Nabintech