• ५ फाल्गुन २०८२, मंगलवार
रुपन्देही–३ उपनिर्वाचन : खाँणलाई उम्मेदवार बनाउन देउवालाई कांग्रेसका ‘पाँच भाइ’को सुझाव


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीका ५ शिर्ष नेताहरूले आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा बालकृष्ण खाँडलाई नै उम्मेदवार बनाउन सुझाव दिएका छन् ।

मंगलबार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका पूर्व उपसभापतिहरू गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री डा। प्रकाशशरण महतले २०७९ को निर्वाचनमा उम्मेदवार भएका बालकृष्ण खाणलाई उम्मेदवार बनाउन सुझाएका हुन् ।

उपनिर्वाचनमा गत निर्वाचन २०७९ मा उठेका उम्मेदवारलाई प्राथमिकता दिन सुझाएको र त्यो विषयमा खाँणसँग तत्काल बसेर सल्लाह गर्न आग्रह गरेको नेता गोपालमान श्रेष्ठले बताएका छन् ।

उक्त भेटमा सहभागी पूर्वउपसभापति श्रेष्ठले पुरानै उम्मेदवार उठाएर जसरी भए पनि जित्ने तरिकाले लाग्न सुझाइएको जानकारी दिए । ‘पुरानै उम्मेदवार उठाएर हुन्छ कि के गरेर हुन्छ, कांग्रेसले नै रूपन्देही ३ मा विजय हासिल गर्ने गरी सभापतिजी अघि बढ्नुपर्छ भनेर कुरा राख्यौँ,’ पूर्वउपसभापति श्रेष्ठले भने ।’ जवाफमा सभापति देउवाले सल्लाह गर्दै जाऔँला भन्ने जवाफ दिएका जानकारी श्रेष्ठले दिए ।
पहिले संस्थापन समूहमा पनि देउवाको निकट पात्रका रूपमा चिनिने नेता खाँणका पछिल्लो भूमिकाले केही नेताहरू शंशकित छन् । केही दिनअघि विराटनगरस्थित कोइराला निवास पुगेर नेता खाणले कोइराला निवास तीर्थस्थल भनेपछि एकथरीले उनलाई समूह फेर्न लागेको आशङ्का गरिरहेका थिए भने केही समयअघि गृहजिल्ला रुपन्देहीमै इतर समूहका नेताहरूका बिचमा अब आफू डाक्टरहरूको साथमा रहेको बताएपछि र त्यो समूहका नेताहरूसँग भेटघाट बढाएपछि उनलाई खेमा फेरेको आकलन गरिएको छ ।
०७९ मा भएको निर्वाचनमा खाँण राप्रपा नेता दीपक बोहरासँग यसै निर्वाचन क्षेत्रमा पराजित भएका थिए । बोहराको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

 

Nabintech