• १५ चैत्र २०८०, बिहीबार
पर्यटकीय व्यवसाय खोल्न पाइने, होटल खुल्ने तर पार्टी गर्न नपाइने


फाइल फाेटाे

आउँदाे साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट खुल्ने भएका छन् ।

सरकारले साउन १५ गतेदेखि होटल र रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । तर हाेटल र रेस्टुरेन्टमा सामूहिक भोज र पार्टी गर्न पाइने छैन ।

यस्तै ट्रेकिङ, ट्राभल र पर्वतारोहणका व्यवसाय खोल्न पाइने भएको छ । अहिले व्यवसाय खोलेर बुकिङ लिँदै गर्ने र कोरोनाको जोखिम कम हुनेबित्तिकै पर्यटक ल्याउन सकिने उहाँको भनाइ छ ।

Nabintech