आफूविरुद्ध वागी दिने जोशीको कारबाहीको समर्थन, ओझा कारबाहीप्रति कांग्रेस वरिष्ठ नेता पौडेल रुष्ट


काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापर्ती आरजु राणा देउवालाई असहयोग गरेको भन्दै कैलालीका पुस्करनाथ ओझालाई कारबाही गरेको प्रति आपत्ति जनाउनुभएको छ।

पौडेलले पार्टीको अनुशासन समितिको नेतृत्व र नियतमाथि प्रश्न उठाउँदै ओझालाई गरिएको कारबाहीको विरोध गर्नुभएको हो । पौडेलले तनहुँमा आफूविरुद्ध उम्मेद्वारी दिने जोशीप्रति गरिएको कारबाहीको भने समर्थन गर्नुभएको छ ।

केही दिनअघि पार्टीको अनुशासन समितिले पुस्करनाथ ओझा र जोविन्दराज जोशीसहित ३२ जनालाई गत चुनावमा पार्टी हित विपरीत काम गरेको भन्दै निष्कासन गरेको थियो।

बिहीबार बिहान फेसबुकमार्फत पौडेल लेलेख्नुभएको छ ‘तनहूँ क्षेत्र नं १ मा वागी उम्मेदवारी दिने व्यक्तिलाई कारवाही नगरी अहिले आएर सिटिङ्ग संसदको उम्मेदवारी खोसिएका कैलालीका श्री पुश्कर ओझालाई स्पष्ट आधार र कारण बिना बागी उमेदवार संग जोडी विधानको दफा ३४ वमोजिम ५ वर्षको लागि पार्टीवाट निस्कासनको कारवाही गर्नु नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमता माथी गंभीर प्रश्न उठेको छ ।’

 

https://www.facebook.com/RCPaudelNepal/posts/3460188824012524

 

Nabintech